मकवानपुरको पश्चिमीक्षेत्रस्थित मनहरी गाँउपालिकामा विद्यमान वन ऐन संशोधनका लागि सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, मकवानपुर जिल्ला कार्यसमितिको आयोजना तथा मनहरी गाउँपालिका कार्यालयको सहकार्यमा अन्तरक्रिया भएको हो ।

स्थानीय समुदाय र आदिवासी जनजातिको अधिकार सुनिश्चितताको लागि आवश्यक भएमा पहिले लागू गरिएको स्थानीय वन ऐन संशोधनमा स्थानीय सरकारसँग सल्लाह सुझाव लिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंले जानकारी दिए ।

मनहरी गाउँपालिकाभित्र रहेका वन समितिका प्रतिनिधिहरुको सहभागितामा आयोजित कार्यक्रममा वनजंगलको क्षेत्रमा स्थानीय सरकारले गर्नुपर्ने क्रियाकलाप र प्राविधिक कर्मचारी नियुक्त गरी स्थानीयस्तरबाटै गुणस्तरीय सेवाप्रवाह गर्नु पर्ने लगायतका विषयमा महासंघले सुझाव दिएको छ । गाउँपालिका उपाध्यक्ष सीता पुलामीमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, मनहरी–३ नम्बर वडाअध्यक्ष अनन्तप्रकाश अर्याल, ७ नं वडाका कार्यवाहक अध्यक्ष नवराज सुवेदीलगायत कार्यपालिका सदस्य तथा वडासदस्यको उपस्थिति थियो ।

पालिका प्रेस
थप जानकारी