थाहा नगरपालिका वडा नम्बर ४ को माथिल्लो भेगका किसानहरुले पालेका पशुपंक्षीका लागि आन्तरिक तथा बाह्य परिजिवी नियन्त्रण सम्बन्धी एकदिने पशु स्वास्थ्य शिविर भएको छ । ड्रेन्चिङ कार्यक्रम अन्तर्गत अन्तर्गत पशु बिकास शाखाको आयोजनामा शिविर सम्पन्न भएको हो ।

वडाको विभिन्न टोलटोलमा रहेका कृषि तथा पशु समूह र व्यक्तिगत पशु र पंछीहरुलाइ औषधि बितरण गरिएको कार्यक्रम अन्तर्गत २८ पुसमा वडाको फापरबारी, जुरेथुम, जकरघारी र ठुलोमाखुमा शिविर संचालन गरिएको हो। नगरपालिकाका पशु प्राविधिक रुपेश कुमार मिश्रका अनुसार शिविरमा भैंसी राँगा ९९ वटा, गाई गोरु ३० वटा ,बाख्रा बोका खसी ६३९ वटा कुखुरा ३४५ र कुकुर १२ वटा लाई औषधी वितरण गरिएको थियो।

शिविरमा वडा अध्यक्ष नारायण लामा, वडा सदस्य चन्द्रमाया बलको समेत उपस्तिथि रहेको कार्यक्रममा केही पशुहरुको उपचार समेत गरिएको पशु प्राविधिक मिश्रले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी