मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ मा रहेको प्रशिद्ध लटरम्बेश्वरमा मन्दिरमा पानी र बत्तिको सेवा पु¥याइएको छ । गाउँपालिकाले धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र लटरम्बेश्वरमा बत्ती र पानीको सुविधा पु¥याएको हो ।

लटरम्बेश्वर मन्दिरमा बाटोको सुबिधा पहिलेनै थियो । अहिले थप व्यवस्थित रुपमा बाटो पनि निर्माण गरिएको छ । यस मन्दिरमा मकवानपुर, काठमाण्डौ, ललितपुर, भक्तपुर लगायतका क्षेत्रका पर्यटक धेरै आउने गरेका छन् । बत्ती र खानेपानी पुर्याउने काम भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाको विशेष पहल पुरा भएको छ। उक्त लटारम्बेश्वर मन्दिरमा खानेपानी र बत्तिको सुविधा पुगेको सहज रुपमा पुगेको अध्यक्ष लामा बताउँछन् । गाउँ पालिका अध्यक्ष हिदम लामा लटारम्बेश्वर मन्दिर पुगेर खानेपानी र बत्तिको उद्घाटन गरेका छन् ।

वषौदेखि यो योजना निर्माण सक्ने भनेर लागि परेका अध्यक्ष लामा भन्छन–‘भीमफीदी गाँउपालिकाको एउटा ड्रिम प्रोजेक्ट सफल भएको छ । लाखौ धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रको रुपमा स्थापित चर्चित लटारम्बेस्वर महादेव मन्दिर क्षेत्रमा विजुली र डबल लिफ्टीङ माध्यम द्वारा पिउने शुद्द खानेपानी पुर्याउन सफल भएको छ ।’ खानेपानीको सुविधा नहुँदा मन्दिर पुग्ने तीर्थालु भक्तजनहरुलाई समस्या हुने गरेकोमा अब भने उक्त समस्याको समाधान भएको छ । मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकामा अवस्थित चर्चित लटारम्बेश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष नयाँ वर्ष अर्थात बैशाख १ गते र माघ १ गते मेला लाग्ने गर्छ ।

लटारम्बेश्वर मन्दिर पुग्न काठमाडौंबाट टिकाभैरव छपेलि बगुवा महादेवटार हुँदै जान सकिन्छ भने मकवानपुरको हेटौंडा बाट कान्तिराजपथको बाटो ठिंगन हुँदै पनि महादेवटारबाट जान सकिन्छ ।

पालिका प्रेस
थप जानकारी