हेटौंडा उपमहानगरपालिका वडा नंबर २ पुरानो मकवानपुर रोडमा दूध र दूधबाट बनेका परिकारको बिक्री केन्द्रको १७ माघमा उद्घाटन गरिएको छ । अब मकवानपुरगढीका किसानले उत्पादन गरेको दूगध परिकार हेटौंडामै किन्न पाइने भएको छ । मकवानपुरगढीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले खरिद गरेको दूध र दूधबाट बनेका विभिन्न परिकारको आजबाट बिक्री सुरु गरिएको हो।

बिक्री केन्द्रको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले उद्घाटन गरे । सहकारीले हेटौंडामै आएर उपभोक्ताका लागि दुग्धजन्य पदार्थहरू उपलब्ध गराउनु खुशीको कुरा भएको उनले बताए । आफ्नोे पालिकामा रैथाने बालीको प्रवद्र्धनका लागि आफू लागिपरेको उनको भनाइ थियो । हेटौंडाका उपभोक्ताहरूलाई सस्तो र गुणस्तरीय परिकार खुवाउने उद्देश्यले सहकारीले पुरानो मकवानपुर रोडमा बिक्री केन्द्र खोलेर उद्घाटन गरिएको सहकारीका अध्यक्ष अर्जुन दाहालले बताए ।

बिक्री केन्द्रमा दूध, दही, पनिर, नौनी, मोही, खुवा, छुर्पी समेत खुद्रा तथा थोक मूल्यमा बिक्री सुरु गरिएको सहकारीका व्यवस्थापक शशी लम्सालले जानकारी दिइन् । सहकारीले उद्योग नै खोलेर दूधका परिकारहरू उत्पादन गर्दै आएको छ ।

पालिका प्रेस
थप जानकारी