थाहा र इन्द्रसरोवर पालिका क्षेत्रमा २ सय १३ वटा सिमसार क्षेत्र रहेको छ । थाहा नगरपालिका क्षेत्रमा ९३ वटा र यन्द्रसरोवर गाउँपालिका क्षेत्रमा १ सय २० वटा सिमसार क्षेत्र रहेको डिभिजन वन कार्यालय राप्ती मनहरीले जानकारी दिएको छ । यो तथ्याङ्क अनुसार थाहामा भन्दा इन्द्रसरोवरमा २७ वटा बढि सिमसार क्षेत्र रहेको छ ।

पालिका अनुसारको सिमसार क्षेत्र र स्थानहरुको तथ्याङ्क नगरपालिका तथा गाउँपालिकाहरुले राख्ने नगरेको बताइएको छ । सिमसार क्षेत्रको संरक्षणमा पालिकाको समेत उत्ततिकै योगदान हुनुपर्ने डिभिजन वन कार्यालयले जनाएको छ । वि.सं. २०७२ को भूकम्प, अतिक्रमण, जलवायु परिवर्तनलगायतका कारण सिमसार क्षेत्रहरू जोखिममा पर्दै गएको डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरले जनाएको छ ।

मकवानपुरको पालिकामा सबैभन्दा बढी कैलाश गाउँपालिकामा २ सय २७ वटा सिमसार स्थल र सबैभन्दा कम मनहरी गाउँपालिकामा ८३ वटा सिमसार स्थल रहेको छ । सिमसार स्थलहरूमध्ये करिब दुई प्रतिशत ताल वा पोखरी, १३ प्रतिशत नदी वा खोला र ८५ प्रतिशत धापजन्य रहेको अनुमान गरिएको छ । त्यसमध्ये ११ प्रतिशत निजी स्वामित्व र ८९ प्रतिशत सरकारी स्वामित्वका जग्गामा रहेको छ ।

डिभिजन वन कार्यालय राप्ती मनहरी अन्तर्गत कार्य क्षेत्रभित्र ९६६ वटा सिमसार स्थलहरूको कुल क्षेत्रफल ४२४२.७९ हेक्टर क्षेत्रफल रहेका छन् । १९ माघमा परेको विश्व सिमसार दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

पालिका प्रेस
थप जानकारी