थाहा नगरपालिका पशु शाखाले ड्रेन्चिङ कार्यक्रम अन्तर्गत आन्तरिक तथा बाह्य परिजिवी नियन्त्रणका लागि पशुहरुलाई औषधि वितरण गरिएको छ । वडा नम्बर ४ को विभिन्न क्षेत्रमा कार्यक्रम गरी ३ हजार ३ सय ८ चौपाया र २ हजार ३८ कुखुरालाई औषधि वितरण गरिएको पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिए ।

वडाको टोल–टोलमा कृषि तथा पशु समूह र व्यक्तिगत पशु र पन्छीहरुलाई औषधि वितरण गरिने कार्यक्रम अन्तर्गत पशुपन्छीलाई औषधि वितरण गरिएको प्राविधिक रुपेश मिश्रले जानकारी दिए । वडाको नारायणझ्याउ, जुरेथुम, सिमभन्ज्याङ, दामन, किटेनी, रुप्से, दोबाटो, ठुलोमाखु, फापरबारीमा क्षेत्रमा कार्यक्रम संचालन गरिएको थियो।

वडा भित्र रहेको १ सय ५९ गाइगोरु, १ सय ९८ भैंसी राँगा, २ हजार ८ सय २८ बाख्रा बोका, १ सय ६ वटा कुकुर, ५ वटा बिरालो, १२ वटा बंगुर र २ हजार ३८ कुखुराहरुको निम्ति आन्तरिक तथा बाह्य परिजिवी नियन्त्रण अन्तर्गत औसधि उपचार गरिएको पशु प्राविधिक मिश्रले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी