इन्द्रसरोवर गाउँपालिकाको निर्माणाधिन पालिका प्रशासनिक भवनको स्केच ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले ‘महिलासँग उपाध्यक्ष उद्यमी कार्यक्रम’ अन्तर्गत अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा २५ फागुनमा महिला उद्यमी सम्मान गर्ने भएको छ । सम्मानका लागि शर्तहरु पूरा गरी निवेदन पेश गर्न पालिकाले सूचना प्रकाशन गरेको छ । उद्यमी महिलाहरुलाई १९ फागुनसम्म पालिकामा निवेदन पेश गर्न सूचनामा अनुरोध गरिएको छ ।

निवेदन दिनका लागि महिला उद्यमीहरु इन्द्रसरोवर गाउँपालिकाको स्थायी बासिन्दा भएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) बाट तालिम प्राप्त गरी तथा सोही कार्यक्रम अन्तरगत प्रविधि हस्तान्तरणबाट विभिन्न सामग्रीहरु प्राप्त गरी उद्यममूलक क्रियाकलापबाट आयआर्जन गरिरहेका र बढाएकाहरुलाई विशेष प्राथमिकता दिइनेछ । उद्यम गर्ने उद्देश्यले कुनै व्यवसाय स्थापना गरी आयआर्जन गरिरहेका महिला उद्यमीहरूको हकमा महिला उद्यमीको नाममा रहेको व्यवसाय दर्ता प्रमाणपत्र, नवीकरण प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र समेत पेश गर्नुपर्नेछ ।

उद्यममूलक काय गरी कसैलाई रोजगारी दिएको भएमा कति जनालाई कस्तो किसिमको रोजगारी दिएको हो ? सो खुल्ने गरी सम्बन्धित वडाको सिफारिस पत्र सहित प्रमाण, हस्तकला, कृषिमूलक उद्यम, पशु तथा पंक्षीपालन, सिलाई बुनाई, ढाका कपडा, व्युटीसियन व्यवसाय, होटल व्यवसाय, अचार उत्पादन, सिस्नो पाउडर, बाँसबाट उत्पादित सामान सम्बन्धि उद्यम लगायतका अन्य सबै प्रकारका महिला उद्यमीहरुले आवेदन पेश गर्न सक्ने पालिकाबाट प्रकाशित सूचनामा उल्लेख गरिएको छ । छन् ।

पालिका प्रेस
थप जानकारी