दुध डेरीको हब बनाउने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकाले किसान उन्नत जातको गाई वितरण गरेको छ । ११ फागुनमा एक कार्यक्रमका बीच राक्सिराङ गाउँपालिका ३ का गाईपालक किसानहरुलाई उन्नत जातका १० वटा जर्सी गाई वितरण गरेको हो ।

उन्नत जातको गाईपालन अनुदान कार्यक्रम अन्तर्गत राक्सिराङ वडा नम्बर ३ का १० जना किसानहरुलाई गाई वितरण गरिएको छ । ३ नम्बर वडा गाईबस्तु पालन गर्न उपयुक्त स्थान रहेको बताउदै गाउँपालिका अध्यक्ष राज कुमार मल्लले दुध लगायत दुधबाट बनेका अन्य सामग्रीहरु बजारीकरण गर्न सजिलो हुने बताए । उन्नत जातका गाईबाट नश्लसुधार गरि सबैलाई जीवन निर्बाह गराउने र बजार व्यबस्थापन दिगो बनाउने उनले भने । त्यस्तै थप अन्य प्रोत्साहनहरु समेत रहने बताए। किसानको मागलाई ध्यानमा राखी ठाउ अनुसारको पकेट क्षेत्र बनाउदै जाने योजना रहेको छ । मौरी, चिउरी, गाई, बाख्रा, तरकारी लगायतको पटक क्षेत्र बनाउदै लैजाने बताए।

वितरण गरिएको गाईको पूर्ण बिमा रहेको छ । कुनै आवश्यक समस्या परेमा पशुपन्छी विकास शाखालाई खबर गर्न भनिएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष राज कुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देबचन्द्र गर्तौला, वडा नम्बर ३ को अध्यक्ष उत्तम वाईबा, सचिब भावना कडेल लगायतको आतिथ्यता रहेको थियो ।