सामुदायिक वनहरुको अन्तराष्ट्रिय सञ्जालको नेतृत्व नेपालले पाएको छ । नैरवीमा भएको भेलाल १६ वटा देशहरुको प्रतिनिधित्व गर्दै बनाएको कार्यसमितिमा बागमती प्रदेश सभाकी सदस्य एबम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी निवर्तमान अध्यक्ष भारती पाठक उक्त सञ्जालको अध्यक्षमा चयन भएकी हुन् ।

कार्य समितिमा अफ्रिका, ल्याटिन अमेरिका र यशियाबाट १६ वटा देशहरुको सहभागिता रहेको छ । उक्त समितिले विश्वभरीका सामुदायिक वनहरुमा रहेका आदिवासी, स्थानिय समुदाय, महिला लगाएतको बिषयमा अधिकार, दिगो वन ब्यबस्थापनसंगै जिविकोपार्जन, क्षमता अभिबृद्धी लगाएतको बिषयमा वकालत गर्नुको साथै अधिकार सुनिश्चिताको लागि समेत काम गर्नेछ । विषेशगरी जलवायुको क्षेत्रमा काम गर्ने समेत पाठकले जनाइन् ।

मकवानपुरकी पाठक २५ वर्षदेखि सामुदायिक वनको क्षेत्रमा निरन्तर सक्रिय रहदै हाल अन्तराष्ट्रिय स्तरमा सामुदायिक वनको नेतृत्व गर्ने पहिलो नेपाली महिला समेत हुनुहुन्छ । उनी नेकपा (एमाले) वन तथा वातावरण विभाागकी प्रमुखसमेत हुन् भने सांसद पाठक प्राकृतिक स्रोत साधन व्यवस्थापन अभियान्ता हुन् ।

पालिका प्रेस
थप जानकारी