थाहा नगरपालिका भित्र एग्रोभेट सञ्चालकहरूलाई विषादी प्रयोग र नियमनका बारेमा जानकारी दिने उद्देश्यले थाहामा तीन दिने एग्रोभेट संचालक हरुलाई पुर्नताजगी तालिम सुरु भएको छ । थाहा नगरपालिका कृषि शाखाले पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा तालिमको आयोजना गरेको हो ।

एग्रोभेट सञ्चालकहरू किसानहरूसँग प्रत्यक्ष जोडिएका हुनाले विषादीको प्रयोग र नियमनका बारेमा सरकारी निकायलाई भन्दा बढी जानकारी हुनु पर्ने भन्दै तालिमको आयोजना गरेको थाहा नगरपालिकाका कृषि विकास अधिकृत विकास सुनारले जानकारी दिए । तालिममा थाहा नगरपालिका कृषि विकास शाखा अन्तर्गत पालिका र वडा कार्यालयहरुमा रहेका कृषि प्राविधिकहरुको समेत सहभागिता रहेको छ ।

तालिममा प्लान्ट क्वारेनटिन एवम् विषादी व्यवस्थापन केन्द्रका बाली संरक्षण अधिकृत माधव भट्टले नेपालमा विषादीको अवस्था, कस्ता विषादीहरू प्रतिबन्धित रहेका छन् लगाएका विषयमा सहजीकरण गरिरहेका छन् ।

तालिममा थाहा नगरपालिका भित्र रहेर एग्रोभेट संचालन गरिरहेका संचालकहरुको सहभागिता रहेको छ । तालिम १५ गतेसम्म चल्ने थाहा नगर कृषि शाखाले जानकारी दिएको छ ।

पालिका प्रेस
थप जानकारी