तरकारी तथा फलफुल उत्पादनको लागि पकेट क्षेत्रको रुपमा बिकास हुँदै गएको हेटौंडा उपमहानगरपालिका–१३ का किसानलाई कृषि सामग्री बितरण गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग ‘तरकारी पकेट कार्यक्रम’ अन्तरगत स्थानिय ४० जना कृषकहरुलाई कृषि सामग्रीहरु बितरण गरीएको हो । स्थानिय त्रिवेणी कृषि सहकारीको आयोजनामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र हेटौंडा १३ का अध्यक्ष पेम्बा लामाले कृषकहरुलाई सामग्री बितरण गरेका थिए ।

कृषकहरुलाई किटनासक औषधि छर्ने मेसिन, आफ्नो कृषि उपज जोख्ने डिजिटल तराजु, पानि हाल्ने हजारी, क्रेट, ट्रे, कुटो, स्प्रिडकल, सिकेचर कोदालो लगाएतका सामग्री बितरण गरीएको थियो । त्यस्तै किसाहरुका लागि कुरिलो, गोलभेडा,लेटुस, चुकन्दर, पक्च्योइ, फर्सि, रेड क्यावेज, चाइनिज क्यावेज, कलरफुल क्याप्सीकमका बिउँ बितरण गरीएको सहकारीका फेन्चु लामाले जानकारी दिए ।

कार्यक्रममा नगर प्रमुख लामाले कृषिलाई व्यवसायीक करण गरेर आर्यआर्जनमा जोडिन जरुरी रहेको बताइन् । दिगो आर्यआर्जनका लागि कृषि महत्वपुर्ण पेशा भएको भन्दै उनले उपमहानगरपालिका काम गर्छौ भन्नेहरुका लागि सधै सहयोगि बन्न तयार रहेको बताइन् ।

सहकारीका अध्यक्ष सुरज थिङको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कृषि शाखाका प्रमुख प्रदिप रेग्मी, प्राबिधीक गणेश खड्का र सेवा केन्द्र प्राबिधिक कबिता चौलागाई लगाएतको आतिथ्या रहेको थियो । सामग्री बितरण अघि उपमहानगरको सहयोगमा त्यसक्षेत्रका किसानलाई तालिम समेत प्रदान गरीएको थियो ।

पछिल्लो समय हेटौंडा उपमहानगरपालिका १२ र १३ मा व्यवसायीक रुपमा तरकारी सहित फलफुल खेती हुँदै आएको छ । त्यस क्षेत्रमा अहिले व्यवसायीक रुपमा एक सय भन्दा बढि किसान कृषि पेशामा संलग्न रहेका छन् । अहिले बढिमात्रामा मेवा बाहिरी शहर बिरगञ्ज सम्म गएको छ भने अन्य उत्पादन हेटौंडा बजार र स्थानिय बजारमै खपत भैरहेको सहकारीले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी