मकवानपुर थाहा नगरपालिका वडा नम्बर १२ का किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । २३ चैत्रमा थाहा नगरपालिका वडा नम्बर १२ मा रहेको सयपत्री कृषि तथा पशुपंछी समूह मार्फत कृषि ज्ञान केन्द्र चितवनको ५० प्रतिशत अनुदानमा कृषि विकास निर्देशनालय बागमती प्रदेशको मकै बाली उत्पादन त्स्था प्रवर्द्धन कार्यक्रम मार्फत कृषि औजार सहित बीउ वितरण गरिएको वडाध्यक्ष टिकाराम स्याङ्तानले जानकारी दिए ।

ज्ञान केन्द्रको ९ लाख ८० हजार र कृषि समुहको ९ लाख ८० हजार साझेदारीमा ३ सय किलो रामपुर हाइब्रीड १० जातको मकैको बीउ, किटनासक बिषादी,मिनि टिलर ७ एच पि क्षमताको पेट्रोल १६ वटा, मिनि टिलर ७ एच पि डिजेल १ वटा,मकै छोडाउने मेसिन ६ वटा, मकै रोप्ने मेसिन १ वटा,कम्बाइन च्याख्ला बनाउने मिल ७ वटा, ५ सय किलो क्षमताको डिजिटल काँटा १९ वटा, त्रीपाल १८×२४ को ७२ वटा,घट्ट मिल सानो ३ वटा र इ स्प्रेयर २२ वटा प्रदान गरिएको अध्यक्ष स्याङ्तानले जानकारी दिए ।

कृषि सामाग्री वितरण कार्यक्रम सयपत्री कृषि तथा पशु पंछी समुहका अध्यक्ष क्षेत्र बहादुर आलेको सभाध्यक्षतामा वडा नम्बर १२ को कार्यालय परिसरमा भएको थियो।

पालिका प्रेस
थप जानकारी