थाहा नगरपालिकामा लोपोन्मुख स्थानीय बाली (रैथाने)को मूल बीउ संरक्षण गर्न प्रयास थालिएको छ । नगरपालिकामा सहकारीका माधयमबाट स्थानीय बालीको बीउको संरक्षण गर्न लागिएको हो।

परम्परागतरुपमा खेती गरिँदै आएका बालीप्रति पछिल्लो समयमा कृषकको आकर्षण बढाउन कार्यक्रम ल्याएको संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टले बताए । थाहा नगरपालिका ४ थानाबजारमा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय जातको बीउ संकलन र संरक्षण गर्नको निम्ति सूचना जारी गरेको हो।

अहिले स्थानीयस्तरमा पाइने बाली सङ्कलन गर्ने तथा संरक्षण गर्न पहिलो चरणको काम अनुरुप सुचना निकालेको संस्थाका व्यवस्थापक प्रकाश पौडेलले जानकारी दिए । यसै गरेर स्थानीय बाली उत्पादन गरे बजारसम्म पु¥याउन संस्थाले सहयोग गर्ने पौडेलको भनाई छ ।

पुराना लोप हुन लागेका बालीहरुको संरक्षण गर्ने र बीउ वितरण गर्ने उद्देश्यले थाहा नगर र आसपासका क्षेत्रमा उत्पादन हुने खालको रैथाने बिउबिजनहरु, कोदो, फापर, भटमास, सिमि, बोडि, मास, मार्सी धान, फलामे धान, मस्याङ, सेतो कोदोलगायत बिउँहरु संस्थालाई बिक्री गरि उपलब्ध गराइदिन संस्थाले अनुरोध गरेको छ ।

FB_IMG_1712121960713-1712153732.jpg

पालिका प्रेस
थप जानकारी