६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा थाहाको शिखरकोटमा दिप प्रज्वलन गरी मनाइएको छ । ‘सहकारीमा सुशासन ः प्रविधि र एकीकरण’ भन्ने नारासहित दिवस मनाइएको हो ।

शिखर बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष मधुसुदन विष्टको अध्यक्षतामा भएको दिप प्रज्वलन कार्यक्रममा शिखर बचतका अध्यक्ष मनोज रायमाझी, मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र पालुङका प्रमुख गणेश बिष्ट, पालुङ जेसिज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझी, कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक राजन मिश्रलगायतको सहभागिता थियो ।

कार्यक्रममा शिखरकोट क्षेत्र र अन्य क्षका सहकारीहरुको समेत प्रतिनीधित्व थियो । कार्यक्रममा दामन कृषि सहकारी संस्थाका सचिव राजाराम कार्कि, चेतनशिल महिला बचत तथा ऋण सहकारीका व्यबस्थापक दिपेश खत्रि, बागेश्वरी कृषि सहकारीका व्यवस्थापक मिरा खड्का, शिखरका कार्यसमिति सदस्यहरू, विभिन्न सहकारीका कर्मचारीहरू तथा सदस्यहरूको उपस्थितिमा दिप प्रज्वलन कार्यक्रम गरिएको हो।

पालिका प्रेस
थप जानकारी