थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको शुभारम्भ कृषि सहकारी मार्फत कृषि ज्ञान केन्द्र चितवनको ५० प्रतिशत अनुदानमा कृषि औजार तथा सामाग्री वितरण गरिएको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशको व्यावसायिक तरकारी खेती प्रवद्र्धन कार्यक्रम मार्फत कृषि औजार सहित जैविक विषादि, टनेल प्लास्टिक, सिचाइ उपकरण २४ चैतमा वितरण गरिएको हो ।

कृषि सामाग्री वितरण कार्यक्रम थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा निवर्तमान मेयर लवशेर बिष्टको विशेष आतिथ्यता रहेको थियो भने वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, वडा सदस्य कृष्ण कुमार कार्की,वडा कृषि प्राविधिक रोहिणी स्याङ्तानको उपस्थिति रहेको थियो ।

त्यसै गरी कृषि ज्ञान केन्द्र चितवन र जनहित युवा उद्यम कृषि तथा पशुपालन समूह थाहा ७ सँगको सहकार्यमा ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण कार्यक्रम सम्पन्न भएको संस्थाका अध्यक्ष बिक्रम बिष्टले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी