पछिल्लो समय आएको आर्थिक मन्दीसँगै सहकारीमा देखिएका समस्याले मानिसमा देखिएको अन्यौलतालाई रोक्नका लागि जिल्लामा रहेका सहकारीमा नियमित नियमन गर्ने निर्णय भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडामा भएको ‘सहकारीको बर्तमान अवस्थामा आएको समस्या पहिचान र समाधान उपाय’ सहितको अन्तरक्रियामा जिल्ला सहकारीको कारोवार अवस्थामा बेथिती देखिएको भन्दै नियमित नियमन आवश्यक रहेको महशुष गरीएको हो ।

जिल्लाका दशै पालिका र सम्बन्धित शाखाका प्रमुखहरु सहभागि कार्यक्रमले सहकारीमा आएको बिकृतीको अन्त्यका लागि नियमनकारी निकायले अनुगमन गरी दण्ड र पुरस्कार अभियान अघि बढाउँने निर्णय भएको हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताए । नियमनकारी निकायको रुपमा रहेको स्थानिय तहले चलाएको अभियानलाई संघिय सरकारले पनि साथ दिने प्रतिबद्धता दिएको उनले बताए ।

संघिय सरकारको भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिब गोकर्णमणी दुवाडीले पछिल्लो समय सहकारीका संचालकहरुको बेथितीका कारण सर्वसाधारण जनताको धनको सुरक्षा चुनौतीको बिषय बनेकाले स्थानिय तहमा जिम्मेवारी थपिएको बताएका थिए । अनुगमका क्रममा व्यवस्थित ढंगबाट सञ्चालनमा रहेका सहकारीको कामलाई संरक्षण गर्दै कारोबार बिग्रने क्रममा रहेकालाई सुधार्नका लागि सचेत गराउँदै कारवाहीको दायरामा ल्याउने धारण पालिका प्रमुखहरुले राखेका थिए ।

कार्यक्रममा देशमा सहकारीको अवस्थाका बारेमा मन्त्रालयका सचिब दुवाडी र हेटौंडा उपमहानगरपालिकाबाट पौडेलले सहकारीको अवस्थाका बारे कायपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्र माथि भएको छलफल पछि सहकारीको अवस्था मुल्याङकन गर्दै नियमित अनुगमन जरुरी रहेको बताइएको छ ।

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्ट, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु पुरीसहित अन्य पालिकाका प्रमुख, प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी