थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा तीनदिने पल्स तथा कोपोमिस तालिम शुरु भएको छ । नयाँगाउँ स्थित साहारा रिसोर्टमा ३ वैशाखबाट तालिम शुरु भएको हो । तालिमको एक कार्यक्रमका बीच थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख अतिथी कृष्ण गिरीले उद्घाटन गरे ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी गिरीले सहकारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको बताए । उनले सहकारीहरुसंग साँझेदारीमा विभिन्न काम गर्न सकिने बताउँदै आगामि आर्थिक वर्षको बजेट निर्माणको क्रममा सहकारीहरुसंग पनि अन्तरक्रिया गरेर साझा योजना निर्माण गर्ने प्रतिवद्धता जनाए । सहकारीहरुले व्यवसाय दर्ता गरेर नगरपालिकालाई सहयोग गरेको उनको भनाइ रहेको थियो ।

थाहा नगरपालिका आर्थिक विकास समितिका संयोजक तथा ३ नम्बर वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रमका सहभागी तथा अतिथीहरुलाई सुचना अधिकारी सुरज कुमार भुजेलले स्वागत गरेका थिए । कार्यक्रममा संयोजक रायमाझीले सहकारीहरुलाई सूचना प्रविधिमा आधारित बनाउनका लागि कोपोमिस तालिम सहयोगी सावित हुने अपेक्षा गरे । उनले सहकारी संस्थाहरुको मूल्याङ्कनको एउटा सूचक कोपोमिस समेत हुने बताउँदै तीनदिने तालिमको सफलताको शुभकामना व्यक्त गरे ।

तालिममा थाहा नगरपालिका अन्तर्गतका सहकारीहरुका व्यवस्थापक तथा प्रतिनीधहरुको सहभागिता रहेको शाखा प्रमुख अस्मिता घिमरेले जानकारी दिइन् । सहभागिहरुलाई जिल्ला सहकारी संघका अनिल विर बज्राचार्यले सहजीकरण गरिरहेका छन् ।

पालिका प्रेस
थप जानकारी