जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले नागरिकसंग प्रत्येक्ष सेवामा जोडिने सहकारी संस्थाहरुको जोखिम न्यूनीकरणका लागि कोपोमिस प्रणाली प्रयोगमा ल्याउनुपर्ने बताएका छन् । पछिल्लो समयमा एकाद व्यक्तिहरुका कारण सहकारी संस्था पदनामी हुन पुगेको बताउँदै प्रमुख घलानले पालिकाहरुमा सहकारी संस्थाहरुले उदाहरणीय काम गरेको स्मरण गर्दै प्रशंसा गरे । थाहा नगरपालिकाको आयोजनामा आयोजित ३ दिने पल्र्स तथा कोपोमिस तालिमको ५ वैशाखमा समापन गर्दे उनले यस्तो बताएका हुन् । सरकारको तीनखम्बे अर्थनीतिमा सहकारी संस्था पनि एउटा खम्बा भएकोले थाहानगरमा सञ्चालित सहकारीहरुको क्षमता विकास गर्नका लागि यस किसिमको तालिम फलदायी हुने उनको विश्वास रहेको थियो । स्थानीय तहको कामकारबाही अनुगमन गर्दा जिल्ला समन्वय समितिले सहकारीका सूचकहरुमा पनि आधारित भएर गरिने प्रमुख घलानको भनाइ थियो ।

तालिम समापन समारोहका अतिथीहरुलाई थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले स्वागत गरेको कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा थाहानगर आर्थिक विकास समिती संयोजक हिरेन्द्र कुमार रायमाझीले सहकारीमा थपिएको पछिल्लो चुनौतिहरुलाई प्रविधिमैत्री भए अवसरका ढोका खुल्दै जाने बताए । सुचना प्रविधिमा आधारित कोपोमिस प्रणली प्रयोगले सहकारी संस्थालाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने संयोजक रायमाझीको धारणा रहेको थियो । सेवा प्रदायक र नियमक निकाय जोडिने यस प्रणाली सञ्चालनले सहकारी र सदस्य सबैलाई फाइदा पुग्ने बताए । ‘जन्मको खुशीदेखि मृत्यकोू पीडासम्म सहकार्य र सहयोगी सहकारी संस्थाको प्रवद्र्धनका लागि नगरपालिकाले सहयोग गर्छ’–रायमाझीले भने ।

थाहा नगरपालिकाको सहयोगमा नगरपालिकाको नियमन भित्र पर्ने सहकारी संस्थाहरुको प्रभावकारी नियमन तथा प्रवद्र्धन प्रयोजनका लागि आधारभुत तथ्यांकहरु स्थानीयस्तरदेखी सूचना प्रणाली लागू गर्न सहकारीहरुलाइ तालिम दिइएको सहकारी शाखाका प्रमुख अस्मिता तिवारी घिमिरेले बताएन् । घमिरेले नगरपालिकाको नियमन क्षेत्र भित्र पर्ने सबै सहकारी संस्थाहरुको दर्ता, मासिक तथा वाषिर्क प्रतिबेदन, निर्वाचन, बिनिमय संसोधन, कार्यक्षेत्र बिस्तार, नयाँ सूचना तथा परिपत्रहरुलगायतका कामहरु यसै प्रणाली मार्फत हुने बताइन् ।

थाहा नगरपालिका मातहतमा रहेका सहकारी संस्थाहरुको कार्यालय प्रमुखहरुको सहभागिता रहेको तालिमका सहभागीहरुलाई जिल्ला सहकारी संघका अनिल विर बज्राचार्य र रुपक घिमिरेले प्रशिक्षण दिएका थिए । तालिममा कोपोमिसको प्रयोग र सहकारी अनुगमन, कोपोमिसको समष्टिगत विवरण भर्ने तरिका, सहकारी सदस्यहरूको जानकारी भर्ने तरीका र संस्थाले मासिक प्रतिबेदन दाखिला गर्ने, वित्तिय प्रतिवेदन दाखिला, सम्पती शुद्धीकरण निवारण फारम दाखिला तथा आन्तरिक कार्यका विषयमा तालिम दिइएको थियो । कार्यक्रमका सहभागीहरुलाई प्रमुख अतिथी घलानले प्रमाण पत्र वितरण गरेका थिए । सो अवसरमा प्रशिक्षकहरुलाई थाहा नगरपालिकाले कदरपत्र दिएको थियो ।

पालिका प्रेस
थप जानकारी