मकवानपुरको कैलाश गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति, एकल महिला, दलित महिलाहरुले व्यवसाय, कृषि समूह दर्ता गर्दा ५० प्रतिशत छुट दिने भएको छ । पालिकाले ६ साउनमा सूचना प्रकाशन गरी यस्तो जानकारी दिएको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नम्बर ९९ मा भएको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि सूचना मार्फत जानकारी गराएको हो । प्रकाशित सूचना अनुसार वडा कार्यालयहरुले पनि सहजीकरण गर्नका लागि प्रमुख प्रशासकीय अधिकृत बिनोद रोकाले आग्रह गरेका छन् । यस किकिसमको ५० प्रतिशत छुट व्यवसाय दर्ता र कृषि समूह दर्तामा पाइने सूचनामा उल्लेख गरिएको छ ।

पालिका प्रेस
थप जानकारी