मकवानपुर थाहानगरमा क्रियाशील पालुङ जेसिज वर्ष २०२५ को अध्यक्षसहित पदाअधिकारीको निर्वाचनमा एकपछि अर्को जटिलता देखिएपछि निर्वाचन कार्यक्रम नै अनिश्चित भएको छ । २७ मंसिरमा पालुङ जेसिज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझी र महासचिव बिक्रम गोपालीको हस्ताक्षरमा संयुक्त सूचना प्रकाशन गर्दै साधारणसभा स्थगित गरेपछि निर्वाचन कार्यक्रम थप अन्श्चिित बनेको हो ।
पालुङ जेसिजको २४ औं साधारणसभा यो सहित २ पटक स्थगित भएको छ । २० मंसिरमा प्रकाशित कार्यक्रम अनुसार २५ मंसिरमा साधारणसभा तोकिएको थियो । २७ मंसिरमा प्रकाशित सूचनामा भनिएको छ–‘२८ गते हुने भनिएको पालुङ जेसिजको २४ औं साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि हाललाई स्थगित गरिएको सहर्ष जानकारी गराउँदछौं ।’
यता निर्वाचन आयुक्त संगम कार्कीले मिति नै उल्लेख नगरी २०२५ का लागि उमेद्वारी दर्ता भएको उमेद्वारहरुको नामावली प्रकाशन गरेका छन् । २६ मंसिरमै उक्त सूचना जारी गरिएको भनिएता पनि सूचनामा मिति उल्लेख छैन । नामावली अनुसार यो उमेद्वारको अन्तिम नामावली नभएको बुझिएको छ । सूचनामा–‘उमेद्वारी रहेको’ मात्र भनिएको छ ।
निर्वाचन आयुक्त संगम कार्कीले २६ मंसिरमै सूचना प्रकाशन गरी उमेद्वारी माथि दाबी विरोध परेको सूचना मार्फत जानकारी गराएका छन् । सूचनामा कस्को विषयमा दाबी विरोध परेको नखुलाएको भएपनि उक्त दाबी विरोधलाई छानबिन गर्न कागजात माग गरेको प्रष्ट्याएका छन् । स्रोतका अनुसार–‘अध्यक्ष पदका उमेद्वार माथि दाबी विरोध परेको छ ।’
त्यसोतः २७ मंसिरमा साधारसभा स्थगित गरेको भएपनि २४ मंसिरमा प्रकाशित निर्वाचन कार्यक्रम अन्तर्गत २६ मंसिरमा लागि तोकिएका उमेद्वारमाथि दाबी विरोध, उमेद्वारहरुको संशोधित नामावली प्रकाशन, उमेद्वारी फिर्ता, उमेद्वारको अन्तिम नामावली प्रकाशन र उमेद्वारी प्रशिक्षण कार्यक्रम समेत भएको छैन ।
पालुङ जेसिजको इतिहासमै यस वर्ष उमेद्वारी दर्ता नै दुई पटक भएको छ । २३ मंसिरमा मध्यान्ह १२ बजेसम्म उमेद्वारीदर्ता समय तोकेर २० मंसिरमा प्रकाशित सूचना अनुसार एक अध्यक्ष पदका लागि माधव कार्की, संजय गोपाली र विक्रम गोपालीले उमेद्वारी दर्ता गराएका थिए । त्यसैगरी दुई कार्यकारिणी उपाध्यक्ष पदका लागि अजित कार्की, स्मिता विष्ट, विराज थापा र अजय कार्कीले उमेद्वारी दर्ता गराए भने ४ उपाध्यक्ष पदका लागि विश्वनाथ रायमाझीको मात्र उमेद्वारी परेको थियो ।
आवश्यक पदमा तोकिएको संख्या नपुगेपछि २६ मंसिरमा बोर्ड बैठकको निर्णयानुसार पुनः उमेद्वारी दर्ता आव्हान गरिएको थियो । सो सूचनाका आधारमा शिशिर खत्री, विकेश बाबु बस्नेत, सत्यदेवी स्याङ्तान र रोशनी गोपालीको उमेद्वारी दर्ता भएको छ ।
सन् २००० मा स्थापना भएको पालुङ जेसिजमा कुल १ सय १२ जनाले मतदान गर्ने मतदाताको अन्तिम नामावलीमा उल्लेख गरिएको छ ।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्