मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको ओम अध्याय रिट्रिट सम्मानित भएको छ । छ वर्षदेखि ग्रामिण पर्यटन प्रवद्र्धनमा योगदान दिएको रिष्ट्रिटलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको हो ।

पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजित एक बिशेष कार्यक्रममा ३ तारे रिसोर्ट ओम अध्यायलाई मन्त्रालयको सचिव सुरेश अधिकारीले सम्मान स्वरुप कदरपत्र प्रदान गरेका थिए । कार्यक्रममा देशै भरीका आन्तरिक तथा बाह्य पर्यटनमा संलग्न विभिन्न विधाकाः ट्राभल एजेन्सी, ट्रेकिंग एजेन्सी, होटेल रिसोर्ट, एयरलाइन्स, पर्वतारोही आदि मध्येबाट नेपालको पर्यटनमा विशिष्ठ योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई हरेक बर्ष प्रदान गरिने यो सम्मान मन्त्रीस्तरीय निर्णयबाट सम्मान गरिएको हो ।

पर्यटन प्रवद्र्धनका लागि योगदान दिदै आएको अवस्थालाई बुझेर सम्मानित हुन अत्यन्तै खुशी लागेको ओम अध्यायका संचालक अर्जुनसिं ठकुरीले बताए । उनले व्यवसायका साथै पर्यटन प्रवद्र्धनमा योगदान दिन सहयोग गर्नेहरु सबैप्रति ठकुरीले आभार व्यक्त गरे । आफ्नै गाउँ ठाउँमा विविध जटिलता र जोखिमकाबीच स्थानीय उप्पादन र स्थानीय रोजगारी सहितको ग्रामिण पर्यटन प्रवर्धनमा निरन्तर लागेको हुनाले राज्यले सम्मान गरेको उनको प्रतिक्रिया थियो । टिस्टुङ् पालुङ् र समग्र थाहानगरकै नाम पर्यटकीय स्थानको रुपमा नेपाल भित्र र बाहिर चिनाउने काममा सानो ढुंगा थप्ने काम भएको उनको भनाइ थियो । ‘अबका दिनमा नयाँ र नविन सोच र विभिन्न पर्यटकीय परियोजनाका साथ यसलाई अझै विश्वस्तरीय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लैजानु पर्नेमा हामी सबैको जोड हुनुपर्दछ’ उनले भने–‘ठकुरीले यस दौरान साथ र सहयोगका लागि स्थानीय सरकार, स्थानीय नागरिक तथा हाम्रो गाउँ ठाउँ हेर्न आउनुहुने सम्पूर्ण पाहुनाहरुप्रति आभार व्यत्तः गर्दछु ।’

हरेक बर्ष २७ सेप्टेम्बरमा मनाइने विश्व पर्यटन दिवसको ४३ औ संस्करणको को अवसरमा सम्मानसहितको कार्यक्रम गरिएको हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मी, पर्यटन विभागका महानिर्देशक होम प्रसाद लुइटेल, ट्रेकिंङ एजेन्सी एसोसियसन ओफ नेपालका अध्यक्ष निलहरी बास्तोला, होटेल एसोसियसन ओफ नेपालका प्रतिनिधि, पर्यटन संग सम्बन्धित विभिन्न संघ संस्थाहरुको उपस्थिति रहेको थियो भने संस्कितिक कार्यक्रम र नेपाल पर्यटन प्रहरीद्वारा निर्मित वृतचित्र समेत प्रस्तुत गरिएको थियो ।