पोखरा महानगरपालिकाले पाडी तथा बाच्छी हुर्काउनका लागि प्रोत्साहन अनुदान दिने भएको छ। एक वर्ष उमेर पुगेका पाडी तथा बाच्छीलाई हुर्काउन महानगरले अनुदान दिन लागेको हो। एकजना कृषकले ५ वटा सम्म पशुहरूको अनुदान दिने महानगरले एक सुचना जारी गर्दै जनाएको छ ।

पाडी तथा बाच्छीलाई एक वेत ब्याउने बेलासम्म व्यवस्थित तरिकाबाट पालन गर्नेलाई प्रोत्साहन अनुदान दिने कार्यक्रम सञ्चालन गरिएको हो।

महानगरपालिका भित्रका इच्छुक कृषक, फर्म, समूह, सहकारी र उद्यमीले सूचना प्रकाशन भएको २१ दीन भित्र महानगरले तोकेको ढाँचा अनुसारको आवेदन दिन सक्नेछन्।
पालिका प्रेस
थप जानकारी