मकवानपुर थाहा नगरपालिकाको बज्रवाराहीमा पछिल्लो समयमा जिल्लामा फैलिइरहेको पशुवस्तुमा लाग्ने ‘लम्पी स्किन’ रोग विरुद्धको खोप लगाइएको छ ।

थाहा नगरपालिका पशु विकास शाखाबाट खटिएका प्राविधिकहरुले ९ जेठमा किसानहरुले पालेको गाईवस्तुमा घरघरमै पुगेर खोप लगाएको पशु विकास शाखाले जनाएको छ । प्राविधिकहरुले ९ जेठमा मात्र १ सय ७१ गाई र २९ वटा बाच्छाबाच्छीलाई खोप लगाइएको हो ।

मकवानपुरमा ‘लम्पी स्किन’ रोग फैलिएसंगै थाहा नगरपालिकाले रोग विरुद्धको खोप अभियान संचालन गरेको हो ।

पालिका प्रेस
थप जानकारी