थाहानगरको पर्यटकीय गन्तव्य भकारीढुङ्गा जाने बाटो वरपर वृक्षारोपन गरिएको छ । थाहा नगरपालिका वडा नम्बर ३ का स्थानीय ६ जना युवाहरुले लालीगुराँसको विरुवा रोपेका हुन् ।

स्थानीय युवाहरु शिशिर कुमार खत्री, सितल विष्ट, अमृत मोक्तान, कपिल विष्ट, बाबिन विष्ट र योगेश कार्कीको समुहले ६० बोट गुराँसको बिरुवा रोपेका हुन। लियो क्लव अफ पिस थाहाका उपाध्यक्ष समेत रहेका शिशिर कुमार खत्रीको नेतृत्वमा गुराँसको बिरुवा रोपिएको हो।

आफू जन्मेको स्थानको पर्यटकीय क्षेत्रलाई थप सुन्दर बनाउन र लालीगुराँसलाई संरक्षण गर्न समेत टेवा पुग्ने उद्देश्यले वृक्षारोपण गरिएको टोलीका शिशिर कुमार खत्रीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी